८ महिनाकी एक दुधे बालिका बलात्कृत

असार १८, सिरहा । ८ महिनाकी एक दुधे बालिका बलात्कृत भएकी छन्। लहान नगरपालिका–२४ मा ८ महिने बालिका बलात्कृत भएकी हुन् । मंगलवार विहान परिवारका सबै जना खेतमा काम गर्न गएको बेला शिशुमाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।

बलात्कारको आरोपमा स्थानीय १४ वर्षीय विकास रायलाई पक्राउ गरिएको लहानका प्रहरी नायव उपरीक्षक अपील बोहोराले जानकारी दिए।

बलात्कृत शिशुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। शिशुलाई अत्याधिक रक्तश्राव भई लहानमा उपचार सम्भव नभएपछि सगरमाथा अञ्चल अस्पताल राजविराज पठाइएको छ । पक्राउ परेका रायमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.