मृगौला पीडित निर्मललाई कोरियाबाट आर्थिक सहयोग

शशिशेखर घिमिरे
असार १८, काठमाडौं । मृगौला पीडित निर्मल फियाक लिम्वूको थप उपचारको लागी कोरियामा संकलीत रकम एक कार्यक्रमकाबीच काठमाण्डौंमा हस्तान्तरण गरिएको छ ।

दुवै मृगौला खराव भएका झापा कमल गाँउपालीका ३ केर्खाका ३० बर्षिय निर्मललाई उपचारमा सहयोग पुगोस् भनेर कोरियावाट फियाक सायङ सङजुम्भोका ४६ जनाले नेपाली रुपैयाँ १ लाख १२ हजार संकलन गरि पठाएका हुन् । जुन रकम सङजुम्भोका संयोजक डम्वर सुव्वाले मंगलवार पीडितलाई हस्तानतरण गरेका छन् । गत मागमा पहिलोचोटी झापाको कन्काई अस्पतालमा परिक्षण गर्दा गर्दा मृगौलामा समस्या रहेको थाहाभएपछि थप उपचारको लागी काठमाण्डौ आएका निर्मल हाल सुमेर अस्पतालमा उपचार गर्दै आएका छन् । एक छोरीका बाबु उनले आफूलाई बचाईदिन आग्रह गरे अनुसार अभियान नै चलेको हो । नियमीत जस्तो उपचार गराँृन पर्ने भएका कारण आफूसंग भएको १२ लाख सकिएको र मृगौला प्रत्यारोपण गर्न आवश्यक रकमको अभाव भएको निर्मलको गुनासो छ । उनको उपचारको लागी निर्मल बचाउ अभियानले राजधानीमा केङसला नामक लिम्बू चलचीत्रको प्रर्दशन मार्फत उठेको १ लाख रुपैयाँ समेत पीडितलाई हस्तान्तरण गरिसकेको अभियानका अध्यक्ष सलमान थलुङले बताए ।

आर्थिक अवस्था कमजोर रहेका निर्मललाई उनकी आमाले मृगौला दिने भएको हुँदा प्रत्यारोपणको लागी आवश्यक रहेको रकम मनकारी व्यक्तिले सहयोग गरिदिन उनले याचना गरेका छन् । हाल ललितपुरको धापाखेलको सुमेरु अस्पतालमा मृगौला बिषेशज्ञ ऋषि काफ्ले निगरानीमा उनको उपचार जारी छ । उनको उपचारकोे सहयोर्गाथ युकेवाट समेत ताप्लेजुङ फुङलीङ ३ सिम्लेका राजु बरालले पठाएको बीस हजार नेपाली रुपैयाँ उनका काका सुरेश बरालले मंगलवार नै पीडितलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा पीडित निर्मलका भिनाजु मोहन थेवेले आर्थिक अवस्था कमजोर रहेको निर्मलको उपचारकोलागी भएको ६ धुर जग्गा समेत विक्रिको तयारीमा रहेको बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.