राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दलाई ‘एनएसजेएफ पल्सर स्पेशल अवार्ड’

असार १७, काठमाडौँ । ‘एनएसजेएफ पल्सर स्पेशल अवार्ड’ नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दले पाएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ मा रोहितलाई स्पेशल अवार्ड प्रदान गरिएको हो । अवार्डसंगै रोहितले ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । रोहित हाल इण्डोनेशियामा रहेकाले उनका दाजु रविन्द्र चन्दले अवार्ड ग्रहण गरेका थिए ।

रोहित हाल इन्डोनेसियाको पर्सिजा जाकार्ताबाट खेल्दै आएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.