राज लिम्बुको मार्मिक गीत ‘बुझिदेउ’ को म्युजिक भिडियो सार्वजनिक

असार १७, काठमाडौँ । बिश्व भरमा फरक पहिचान बोकेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई हेरिने नजर र गरिने व्यवहार नकारात्मक छ ।

अझैपनि बिनादोष प्राकृतिक रूपमा लिएको जन्मलाई लिएर समाजमा उनिहरुले तिरस्कृत र घृणित जिन्दगी जिउदै आउनु परेको छ। फरक पहिचान बोकेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले पनि आफुले चाहेको जस्तो जिन्दगी ससम्मान बाच्न पाउनु पर्छ भन्ने सामाजिक सन्देश बोकेको मार्मिक गीत ‘बुझिदेउ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

केही दिन अघि सार्वजनिक भएको म्युजिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया र साथ मिलेको छ। यस गीतमा स्वर , संगीत र शब्द गायक राज लिम्बुको रहेको छ भने गीतको एरेन्ज्मेन्ट बिश्व अधिकारीको गरेका हुन । अजय रेग्मीले खिचेको भिडियोमा निरज , आशिक , लक्ष्मण चौलागाईं , सावित्री देवी गौतमको अभिनय रहेको छ। क्रान्ति केसीको सम्पादन र निर्देशनमा गीतको भिडियो तयार भएको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.