बोनम्यारो पीडित १४ वर्षिय राजुलाई कतार बस्ने नेपालीको सहयोग

प्रारम्भ खबर ।
असार १५, काठमाडौँ । काभ्रे जिल्ला रोशी गाउँपालिका वडा ४ का १४ वर्षिय राजु मगरको उपचारका लागि कतारमा रहेका नेपालीहरुले सहयोग रकम पठाएको छ ।

प्रवासी नेपालीहरुले पीडित मगरको उपचारमा सहयोग जुटाउन विभिन्न अभियान सञ्चालन गरी रु. एक लाख एक्काईस हजार सात सय पचहत्तर रुपियाँ सहयोग गरेका छन् । उक्त रकम आइतबार पीडित राजु र उनका बुबा बिष्णुबहादुर रखाललाई हस्तान्तरण गरिएको छ । रकम हस्तान्तरण गर्दै सोही गाउँपालिकाकै सामाजिक अभियान्ता बबिता बोहाराले विरामीको उपचारको लागि सहयोग जुटाईदिने सम्पूर्ण व्यक्तित्वहरुलाई धन्यवाद व्यक्त गरिन् ।

राजु मगर विगत ४ वर्ष अगाडीदेखि बोनम्यारो रोगबाट पीडित छन् । उनको उपचारको क्रममा थुप्रै खर्च भइसकेको र घरको आर्थिक अवस्था नाजुक भएकाले उनलाई बचाउन स्वादेश तथा विदेशमा रहेका नेपालीहरुलाई उनका परिवारले सहयोगको याचाना गर्दै आएको छ । पीडित राजुलाई बचाउन वैदेशिक रोजगारका सिलसिलामा कतार एभियसनमा कार्यरत तथा विभिन्न संघसंस्थामा आवद्ध व्यक्तिहरुले आर्थिक रकम संकलन गरी पठाएको छ ।

सहयोग संकलन गर्न विशेष सहयोग पु¥याएकोमा गोविन्द श्रेष्ठ, रामबहादुर श्रेष्ठ, मिम बहादुर लामा, महेन्द्र थापा, जंगबहादुर लिम्बु लगायतलाई अभियान्ता संगम राउत (रामहरी) ले धन्यवाद दिइएका छन् । त्यसै गरी अभियानलाई सफल पार्न काभ्रेपाल्चोक सेवा समाज कतार, सदभाव युवा समाज दोहा कतार, नेपाल प्रवासी तामाङ समाज कतार, कोकस यूनिटिका सदस्यहरुलाई समेत धन्यवाद प्रकट गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.