रामेछापमा बोलेरो जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु

असार १४, काठमाडौँ । रामेछापमा भएको बोलेरो जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

शनिबार बिहान लिखु तामाकोशी गाउँपालिका वडा नं १ स्थित तेर्सेमा ना ४ च ६२०५ नं को बोलेरो जीप दुर्घटना भएको हो। दुर्घटनामा चालक क्याल्बु तामाङको मृत्यु भएको छ । जीपमा सवार वडाअध्यक्ष निङ्मार तामाङ गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

मोहोडामा जिप नमोडिएपछि चालक र वडाध्यक्ष दुबै हाम फालेका थिए। चालक हाम फालेकैतिर जिप पल्तिएपछि उनको ज्यान गएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.