लामखुट्टेले कस्ता मानिसलाई बढी टोक्छ?

तपाईंको रक्त समूह ओ हुनपर्छः सन् २००४ मा जर्नल अफ मेडिकल इन्टोमोलोजीमा प्रकाशित एक अध्ययन अनुसार ओ ग्रुप समूहका मानिसले अन्य रक्त समूह (ए, बी र एबी) को तुलनामा बढी लामखुट्टे आकर्षित गर्छन्। सो अध्ययन अनुसार ओ पछि लामखुट्टेका लागि क्रमशः रक्त समूह ए, बी र अन्त्यमा एबी मन पर्छ। तसर्थ तपाईलाई लामखुट्टेले टोक्नुमा रगत समूह ओ हुनुपर्छ।

तपाईं गर्भवती हुनुपर्छः अवश्य पनि बयस्क र बालबालिकाको तुलनामा गर्भवती महिलाहरु लामखुट्टेको टोकाईको दृष्टिले बढी जोखिममा हुन्छन्। अध्ययन अनुसार गर्भवती महिला अन्यको तुलनामा दुई गुण बढी जोखिममा हुन्छन्। बढी ऊर्जा (मेटाबोलिक रेट) खर्चिने मानिसमा बढी लामखुट्टे आर्कर्षित हुन्छन् । ऊर्जा खर्च गर्दा अझै बढी कार्वनडाइअक्साईड निस्काशन हुन्छ । गर्भवती महिलाले अन्यको तुलनामा अझै बढी मेटाबोलिजम निस्काशन गर्छन्।

तपाईमा मस्क्युटो म्यागनेट जिन हुनुपर्छः तपाईको शरिरमा लामखुट्टेलाई आर्कर्षित गर्ने जीन छ भने पनि धेरै लामखुट्टे झुम्मिन्छन्। सन् २०१३ मा प्रकाशित जेनेटिक्स एन्ड इभोलुसनमा मानिसमा हुने ह्युमन ल्युकोसाईट एन्टिजेनले मानिसमा बढी लामखुट्टे आर्कर्षित गर्छ। यी जिनले मानिसको शरिरबाट आउने गन्धलाई नियन्त्रण गर्छन्। मानिसले निस्काशन गर्ने रसायनयुक्त गन्धका कारण लामखुट्टे बढी आकर्षित हुन्छ। तसर्थ तपाईं समूहमा हुनुुहुन्छ भने पनि सोही गन्धका कारण लामखुट्टे तपाईको शरिरमा झुम्मिन्छ। लामखुट्टेले टाउको, अनुहार, हात, खुट्टा लगायतका विशेष ठाँउमा मात्र टोक्छन्। (एजेन्सी) 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.