असार १३, काठमाडौं । कोरियन भाषासम्बन्धी इम्प्लोयमेन्ट पर्मिट सिस्टम (ईपीएस) परीक्षाको नतिजा दक्षिण कोरियामा प्रकाशित भएको छ । परीक्षा गएको जेठ २५ र २६ गते काठमाडौं र पोखरामा भएको थियो ।
परीक्षामा ९२ हजार ३ सय ७६ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्ये २० जनाको भने प्रक्रिया नपुगेकोले सुरुमा नै रद्द भएको थियो । परीक्षामा सहभागी भएका मध्ये १२ हजार १० जना उत्तीर्ण भएको जनाइएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले परीक्षाफल प्रकाशित भएको जानकारी दिँदै पूर्ण विवरण भने आइननसकेको जनाए । काठमाडौंमा २८ र पोखरामा चारवटा केन्द्र तोकेर परीक्षा लिइएको थियो । परीक्षार्थीले ईपीएस कोरियाको वेबसाइटमा गएर नतिजा हेर्न सक्नेछन् ।
यहाँबाट हेर्न सकिन्छ नतिजा

