एस. ई.ई. को रिजल्ट नियाल्दा – प्रकाश अधिकारी

राष्ट्रिय परीक्षा वोर्डले विहिवार दिउसो एस. ई ई. परीक्षाको रिजल्ट प्रकाशन ग¥यो । धेरैको मुहारमा खुशी छायो । अभिभावक र विद्यालयले राम्रो जि.पि.ए आउनेहरुको फोटो सहित सामाजिक संजालमा वधाई दिएको देखियो । अझै पनि कतिपयलाई प्रतिशत र ग्रेडको हयाङओभरले छोडेन ।

अंक पद्धतीवाट अक्षरांकनमा गए पछि अनुत्र्तीणको समस्या हल भए पनि सिकाई उपलव्धी सन्तोषजनक नभएको कुरा सर्वत्र स्विकारिएको छ । हालसम्मको उच्चतम रिजल्ट देखिएपनि अझै पनि जम्मा परीक्षार्थीको १२ प्रतिशत विद्यार्थीको जि.पि.ए. १.६ भन्दा कम देखिन्छ जसको कारणवाट उनीहरु ११ कक्षामा भर्ना हुन पाउने छैनन । अनिवार्य गणित विषय वाहेक प्राय सवै विषयमा निरन्तर मूल्याकन को नियमानुसार प्रयोगात्मक अंक शिक्षकले दिन पाउने भएपनि सैदान्तिक मा डि ल्याउने ले पनि प्रयोगात्मकमा कसरी ए प्लस आउन सक्छ ? यो आफैमा विवादको विषय हो ।

उच्चतम लगानी र सवैको चासोमा रहेको सामुदायिक विद्यालयको स्तरोन्न्तीलाई यस वर्षको रिजल्टले असफल सावित गरिदिएको छ । ४ जि.पि. ए सम्म ल्याउनेमा र ३.२ देखि ३.६ सम्म ल्याउने तथ्यांक हेर्दा निजीको अतिनै राम्रो र सामुदायिकको निकै तल देखिन्छ । निजी विद्यालय वन्द गरेपछि सामुदायिक सुधिन्छ भन्नेले सामुदायिकको रिजल्ट खस्किनुमा कहां निर निजी वाधक भयो त्यसको पनि उत्तर दिने वेला आएको छ । रिजल्ट मात्र सवथोक होइन , रिजल्टमा राम्रो देखिएका विद्यार्थीको समुचित व्यवस्थापन र समृद्धिमा सहायक सिद्ध पार्न कसरी सकिन्छ त्यसको मार्ग चित्र राज्यले दिन सक्नु पर्छ । अरव, युरोप र अमेरिकाको जनशक्ति वनाउने कि आफनै देशको निर्माणमा लगाउने अव राज्यले सोच्नुपर्ने वेला आएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.