६७ वर्षीया युगमाया एसईईमा ‘डी’ ग्रेडमा उत्तीर्ण

असार १३, काठमाडौं । लगनशिलता र दृढ इच्छाशक्ति सफलता हात पार्न सकिन्छ भन्ने कुरा ओखलढुङ्गाको लिखु गाउँपालिका–६ की युगमाया कार्कीको सफलतालाई हेरे पुग्छ ।

युगमायाले आज (बिहीबार) सार्वजनिक भएको एसईई नतिजामा १।५ जीपीए ल्याउँदै डी ग्रेडमा उत्तीण भएकी छन । उत्प्रेरणा महिला माविमा अध्ययन गरेकी उनले सिद्धेश्वर मावि सुविधानगर परीक्षा केन्द्रबाट काठमाडौँ परीक्षा दिएकी थीन ।

पढ्ने उमेर घरायसी कामकाजमै घर्किए पनि उनले आफूभित्रको पढ्ने धोकोलाई त्यतिकै थन्काइनन । बरु प्रौढ उमेरमा पनि पढ्न सकिन्छ भन्दै आँट गरिन जसका कारण अहिले उनी सफल समेत भइन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.