युवतीमाथि सिरिञ्ज आक्रमण गर्ने एक जना पक्राउ

असार १३, काठमाडौं । काठमाडौंमा युवतीमाथि सिरिञ्ज आक्रमण गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले ती युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्की रहेको प्रहरीले जनाएको छ । उनलाई महाराजगञ्जको भाटभटेनी सुपरमार्केट नजिकैबाट गएराति पक्राउ गरिएको हो । विगत केहि समय यता काठमाडौं उपत्यका लगायत बनेपामा पनि युवतीमाथि सिरिञ्ज आक्रमण हुँदै आएको समाचारहरु सार्वजनिक भएका छन् । गएको जेठदेखि अहिलेसम्म ९ जना युवतीहरुले आफूमाथि यस्तो आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

ती युवाले किन यस्तो आक्रमण गरे भन्नेबारे भने अहिले सम्म केही खुल्न सकेको छैन । अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.