‘सेटिङ’ रोकिएपछि लाइसेन्सको ट्रायलमा नक्कली परीक्षार्थी

असार १३, काठमाडौं । लिखित परीक्षा र ट्रायल नै नलिई सवारीचालक अनुमतिपत्र (लाइसेन्स) दिलाउने चलखेलमा कडाइ गरेपछि नक्कली परीक्षार्थी प्रयोग हुन थालेको छ ।

मोटो रकम लिएर लाइसेन्स बनाइदिने समूहले अहिले ट्रायलमा नक्कली परीक्षार्थी पठाएर चलखेल गर्न थालेका हुन । गिरोहले एउटाको ट्रायलमा अर्कोलाई पठाएर चलखेल गर्न थालेको प्रहरीले जनाएको छ । यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले मात्र पछिल्लो तीन महिनामा पाँचजना नक्कली परीक्षार्थीलाई ट्रायलकै क्रममा पक्राउ गरेको छ ।

कार्यालयकी प्रमुख कमला थापा खत्रीले आर्थिक चलखेलकै आधारमा ट्रायलमा नक्कली परीक्षार्थी खटाउने गरेको भेटिएको बताइन । अन्य यायायात कार्यालयले पनि नक्कली परीक्षार्थी पक्राउ गर्दै आएका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.