असार १२, सुनसरी । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले विभिन्न हातहतियार, अवैध लागूऔषध र नगदसहित तीन जनालाई पक्राउ परेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ धरान बस्ने ३९ वर्षीय सरोज गुरुङ, भोजपुर हतुवागडी गाउँपालिका(२ का ३१ वर्षीय सुरेश राई र भोजपुर आमचोक गाउँपालिकाका २९ वर्षीय विजय राई रहेका छन् । प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको कोठा र कम्पाउन्डबाट पेस्तोल २ थान, त्यसको म्याग्जिन १ थान, एसएलआरको गोली १४ राउण्ड, पेस्तोलको गोली ११ राउण्ड बरामद गरेको छ ।
यस्तै लागुऔषध डाइलेक्स डीसी ४ बोतल, लागुऔषध खैरो हेरोइन २ ग्राम ७ सय ३० मिलिग्राम, खुकुरी २ थान, फलामको नक १ थान, मुखुन्डो ३ थान, मोबाइल ३ थान, मोटरसाइकल ३ थान (को.२५ प ४९८९, को. ९ प ४३९८, को.५ प ३७५७ नम्बर), डाइसको गोटी ६ थान, नगद १५ हजार १ सय ३५ रुपैयाँ समेत बरामद गरेको छ ।

