देशको स्वतन्त्रता दिवस मनाउने क्रममा रङ्गशालामा किचिएर १६ को मृत्यु

असार १२, एजेन्सी । माडगास्करमा देशको स्वतन्त्रता दिवस मनाउन आयोजित एउटा विशेष कार्यक्रमको रङ्गशालामा किचिएर करिब १५ जना मानिसको मृत्यु भएको छ। राजधानी एन्टनान्नरिभोस्थित रङ्गशालामा भएको सो घटनामा दर्जनौँ मानिसहरू घाइते भएको समेत अन्तर्राष्ट्रिय समाचार माध्यमले लेखेका छन ।

मृत्यु हुनेमा ३ बालबालिका समेत रहेको जनाइएको छ । स्वतन्त्रता दिवस समारोह हेर्न हजारौँ मानिस भेला भएका थिए। समाचारसंस्था एएफपीका अनुसार परेडपछि सुरक्षाकर्मीले दर्शकहरू बाहिर जाऊन भनेर ढोकाहरू खोलिदिएका थिए। परेडपछि मानिसहरू कार्यक्रम आयोजित रङ्गशालाबाट बाहिर जान खोज्दा प्रहरीले ढोका बन्द गरिदिएको जनाइएको छ । सोही क्रममा उनीहरु किचिएको हुनसक्ने अनुमान छ ।

प्रत्यक्षदर्शीहरूले केही ढोका तत्कालै बन्द गरिएको र भिडलाई प्रहरीले रोकेकाले मानिसहरू किचिएको बताएका छन । गत सेप्टेम्बर महिनामा फुटबल खेल हुँदा भिडले किचेर त्यही रङ्गशालामा एक जनाको मृत्यु भएको थियो भने ३० भन्दा बढी मानिस घाइते भएका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.