बालुवाटार जग्गा प्रकरणः आरोपीलाई बयानका लागि अख्तियारमा बोलायो

असार ११, काठमाडौं । बालुवाटार स्थित ललिता निवासको जग्गा अधिकरणका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपीलाई बयानका लागि अख्तियारमा बोलाएको छ ।

सरकारी जग्गा अधिकरणमा संग्लग्न तीन परिवार सहित ६८ जनालाई बयानका लागि अख्तियारमा बोलाएको हो । बुधवार ललिता निवासको जग्गा अनियमिततावारे छानविनका क्रममा उनीहरुलाई डाकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगले बुधबार सार्वजनिक सूचना जारी गरी उनीहरुलाई ७ दिनभित्र उपस्थित हुन सूचना निकालेको हो।

यसअघि नै अख्तियारले शोभाकान्त ढकाल र रामकुमार सुवेदीको घरमा पुर्जी टाँसिसकेको थियो। हाल शोभाकान्तको छोरी लक्ष्मी ढकालको नाममा सूचना निकालेको हो। उनी अमेरिका छन्। ललिता निवासको जग्गा प्रकरणमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलको नाम पनि जोडिएको छ ।

मुछिएसँगै आम मानिसको चासो बढेको छ । विगत लामो समयदेखी अख्तियार भित्र भित्रै अनुसन्धानमा रहे पनि घटना राजनीतिक तवरबाटै गुपचुप पारिनेछ भन्ने आशंका सर्वसाधरणामा बढ्दै थियो । अख्तियारको पछिल्लो कदमले उक्त प्रकरणमा सग्लग्नहरुको निद हराम भएको जनाइएको छ । यद्पी विगतलाई हेर्दा ढुक्क हुने अवस्था नरहेको भ्रष्टाचार विरोधीहरुको आरोप रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.