प्रारम्भ खबर ।
असार १०, काठमाडौं । विश्व शान्तिको प्रतीकको रुपमा चीरपरिचित बौद्ध धर्मलम्बीहरुको आस्थाको केन्द्रविन्दू बौद्ध स्तूपभित्र दुई समूहबीच जुगाँको लडाईले भक्तजन तथा पर्यटकहरुलाई समस्यमा पारेको छ ।
पटक–पटक हुने गरेको विवादले बौद्ध क्षेत्रलाई अशान्त पार्दै आएको र विश्व समुदायमै देशको बेइज्जत हुने तरिकाले अमानवीय गतिविधि सञ्चालन गर्दै आईरहेको छ । बौद्धनाथ क्षेत्र कोष विकास समिति र बौद्ध तथा मेलम्ची घ्याङ गुठीवीच सुरु भएको विवादले पछिल्लो समयमा तामाङ कल्याण गुठीलाई समेत विवादमा तानिएको छ ।
धर्मको नाममा राजनीतिक र आर्थिक चलखेल भएको आरोपप्रत्यारोप गर्दै आएका तीन समूह पछिल्लो समयमा एकअर्कावीच स्वार्थको लागि लडाई गरिरहेको धर्मगुरुहरु बताउँछन् । धर्म र आस्थालाई बदनाम हुने कार्य गर्दै आएका बौद्धका दुई सरकारी समन्वयमा रहेको संस्था बौद्धनाथ क्षेत्र विकास कोष समिति र बौद्ध तथा मेलम्ची घ्याङ गुठीबीच समय समयमा क्षेत्रअधिकारका विषय विवादमा आएपनि पछिल्लो समयमा आर्थिक अनिमियतताको कुरा समेत बाहिरिएको छ । क्षेत्र विकास समिति नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उडड्यान मन्त्रालय र घ्याङ गुठी भूमि सुधार तथा व्यवस्थापन मन्त्रालय अन्र्तगत रहेको छ ।
दुई संयन्त्र राज्यकै मातहतमा रहेता पनि कसले के गर्ने र कुन क्षेत्रमा आफ्नो अधिकार प्रयोग गर्ने भन्ने स्पष्ट कार्यदिशा नभएकै कारण विवादमा कुर्लिएको दुई समूहकै प्रतिनिधिहरु बताउँदै आएका छन् । तर पटक–पटक बौद्धमा नारा, जुलुस र शक्ति प्रर्दशन जस्ता अराजक गतिविधि हुदाँ समेत राज्यका सम्बन्धित निकायहरु मौन छन् । बौद्ध धर्मलम्बीहरुको आस्थाका केन्द्र पवित्र तथा शान्ति, सम्वेदनशील क्षेत्रमा भीडभाड तथा नारा जुलुसले विश्व समुदायलाई आक्रान्त पारिरहेको छ । बौद्धका ६० घर धुरी स्थानीय तामाङहरुभित्र बाहिरि राजनीतिक हस्ताक्षेपका कारण आफुखुसी झगडा गरिरहेका छन् । तर बौद्ध स्तूप भने विश्व सम्पदा सूचीमा सूचीकृत र सिंगो बौद्ध धर्मलम्बवीहरुको आस्थाको केन्द्रको रुपमा चिनिन्छिन् । त्यसै स्तूपलाई आधार मानी स्थानीयको नाममा राजनीति र शक्ति प्रर्दशनको केन्द्रको रुपमा परिणत भइरहेको छ ।
खास विवाद के हो ?
केही वर्ष अघिदेखि बौद्धनाथ क्षेत्र विकास समिति र बौद्ध तथा मेलम्ची घ्याङ गुठीबीच विवाद भईरहेता पनि २०७२ सालको भूकम्पले क्षति पु¥याएका बौद्ध स्तूपको संरचना पुनःनिर्माणको क्रममा आर्थिक अनिमियतता भएको भन्दै एकअर्कामा दोषारोपण गर्दै आएका छन् । त्यस बखत समितिका अध्यक्षमा सम्पूर्ण लामा रहेको थियो । अध्यक्ष लामाले पुनःनिर्माणको संयोजकको रुपमा जिम्मेवारी सम्हाल्दा सहयोग अनुदान तथा चलअचल रकम अनिमियतता गरिएको आरोप गुठी संस्थानले गर्दै आएका थिए । उनलाई बौद्धनाथ क्षेत्र विकास समितिको नाममा पर्यटकबाट उठाएको प्रवेश शुल्कमा समेत हिनामिना गरिएको आरोप गर्दै आएका छन् । त्यस लगतै उक्त क्षेत्र विकास समितिमा अध्यक्षको रुपमा राजकुमार लामा नियुक्ति भएर आएपछि गुठीले विवाद निकाल्दै ४ वर्षको कार्यकाल पूरा नहुदै पदबाट हटाइयो । राजकुमार लामाले बौद्ध क्षेत्रभित्र देखिएको अनिमियतता र बिकृतीलाई अन्त्य गर्ने योजनासहित कार्य सम्पादन गर्ने अभियान चलाएपनि उनकै कार्यसमितिका केही सदस्यहरु बौद्ध तथा मेलम्ची घ्याङ गुठीसंग मिलेर आर्थिक लाभ लिदै अध्यक्षबाट हटाउन सहयोग पु¥याएका थिए ।
क्षेत्र विकास समितिका अध्यक्षबाट राजकुमार लामा हटेपछि चन्द्रमान लामाको नेतृत्व नयाँ समिति गठन भयो । चन्द्रमान लामा अध्यक्ष भएर आएपछि घ्याङ गुठीले स्वागत तथा बधाई कार्यक्रमको आयोजना समेत गरेको थियो । अहिले भने फेरी समिति र घ्याङ गुठीबीच विवाद उत्पन्न भएको छ । विवादको कुरा हो आफ्नो अधिकार प्रयोग । तिनै अधिकारलाई प्रयोग गर्ने बहानामा बौद्ध धर्म तथा धार्मिक स्थललाई अघात पुग्ने गरी दुबै पक्ष उत्र्रिएका छन् । स्तूप परिसरभित्र रहेका बुद्धचित्ता मालाको विषय लिएर विवादमा उत्र्रिएका दुई पक्षका कारण भक्तजन तथा धर्मलम्बीहरु असरमा परेका छन् । माला टिप्ने र टिप्न नदिनेबीच शक्ति प्रर्दशनका क्रममा बौद्ध तथा मेलम्ची घ्याङ गुठीको तर्फबाट पूर्व सभासद योगेन्द्र घिसिङ र मनिष गोङबाको नेतृत्वमा युवाहरु परिचालन गरेको स्थानीयहरुको आरोप छ । पूर्व सभासद घिसिङले आर्थिक प्रलोभनमा पारि केही युवाहरुलाई परिचालन गर्दै शक्ति प्रदर्शन गरेको समेत स्थानीयको आरोप छ ।
माला टिप्न बौद्धनाथ क्षेत्र विकास समितिको तर्फबाट मनोज लामालाई अख्तियारी दिएको सूचनासहित त्यस क्षेत्रमा प्रवेश गर्दा घ्याङ गुठीले अवरोध पु¥याएको भन्दै विकास समिति र स्थानीय आक्रोशित छन् । तीनै विषयलाई लिएर स्थानीयहरु चर्को विवादमा उत्र्रिएपछि घ्याङ गुठीका कार्यालयमा ताला लगाएका थिए । सोमबार ताला फोर्नका लागि घ्याङ गुठीबाट तीनै पूर्वसभासद र मनिषले एक जत्था युवा ल्याएर ताला फोर्न खोज्दा ठूलो संख्यामा नाराबाजी गर्दै धार्मिक क्षेत्रलाई आक्रान्त पारे । उक्त भीडलाई नियन्त्रण गर्न सयौँ संख्यामा प्रहरी परिचालन गरेको थियो । शान्ति क्षेत्र मानिएका पवित्र धार्मिक स्थललाई अतंकित बनाउँदै आएका व्यक्ति समूहलाई नियन्त्रण गर्न राज्य प्रशासनबाट प्रहरी परिचालन गर्नुपर्ने बाध्यता आएपनि सम्बन्धित निकाय भने मौन छन् । यस विषयमा गम्भीर नहुने हो भने बौद्ध धर्मलम्बीको मात्र नभई विश्व सम्पदामा रहेको स्तूपकोे अन्र्तराष्ट्रिय स्तरमै नकारात्मक असर पुग्नेछ । समयमै सम्बन्धित निकायको ध्यान केन्द्रित हुन जरुरी छ ।

