एक वर्षमा १५ सय मानिस हराए, कसरी हराउँदै छन् मानिस ?

असार १०, काठमाडौं । काठमाडौँ टोखाकी १५ वर्षीया किशोरी विगत १० दिनदेखि हराइरहेकी थीन्। सुरुमा परिवारले आफन्त र छिमेकमा बुझे । फेला पारेनन । एसईई दिएर बसेकी छोरी हराएपछि अभिभावकले उनका साथीसँग बुझे। उनी एक किशोरसँग भारतको उत्तर प्रदेश पुगेको सूचना आयो । उमेर नपुगीकनै छोरी किशोरसँग हिँडेपछि बाबुआमा चिन्तित नहुने कुरै भएन। घटना महानगरीय प्रहरी परिसर टेकुसम्म पुज्ञ्ो। प्रहरीले कल लोकेसनका आधारमा उत्तर प्रदेशको झाँसीमा किशोरी देखियो । प्रहरीले परिवारकै विशेष आग्रहमा किशोरीलाई काठमाडौं ल्याउँदैछ।

चोभारकी एक गृहिणी विगत १५ दिनदेखि हराइरहेकी छिन । पारिवारिक स्रोतले उनी दिल्लीतर्फ उडेको जानकारी प्रहरीलाई दिएको छ । श्रीमान्ले उनका नाममा घरजग्गा राखिदिएका थिए। विवाहमा खर्चिएको गहना लिएर भागेपछि श्रीमान तनावमा छन । परिसर टेकुमा श्रीमती खोजतलासका लागि निवेदन लिएर पुगेका श्रीमान प्रहरीसामु भन्दै थिए, ‘मेरा दुई श्रीमती छन । अहिले भागेकी दोस्री हुन । धेरै माया गर्थें । जग्गाघर पनि उनकै नाममा गरिदिएँ । केमा चित्त बुझेन भागिन्।’

ठेक्कापट्टाको काम गर्ने श्रीमान्ले कमाएको सम्पत्ति लिएर भागेकी ती गृहिणीलाई प्रहरीले खोजी गरिरहेको छ। टेकुस्थित घरबाटै १५ वर्षीया किशोरी हराएपछि परिवारले प्रहरीमा उजुरी दियो । प्रहरीले फोन लोकेसनका आधारमा ती किशोरीलाई एक किशोरसँग धनगढीमा फेला पा¥यो । उनलाई प्रहरीले समातेर ल्यायो। किन भाज्ञ्ौ भन्ने प्रश्नमा किशोरीको जबाफ थियो, ‘मलाई त्यो केटा मन प¥यो, परिवारले विवाह गर्न मानेन अनि भागें।’ यी तीन घटना प्रतिनिधि मात्रै हुन । राजधानीमा पछिल्ला दिनमा दिनहुँजसो कोही छोरी, कोही बुहारी त कोही श्रीमती हराएको भन्दै खोजतलासका लागि निवेदन पर्ने गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले चालु आर्थिक वर्षको जेठसम्म मानिस हराएका एक हजार पाँच सय ४१ वटा उजुरी परेको बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या तीन सय २८ बढी हो । चालु आवमा हराएकामध्ये महिलाको संख्या ६ सय ७८ छ। खोजतलास गर्दा सात सय ७९ जना भेटिएका छन । प्रहरीले भेटिएका महिला र पुरुषको भिन्नाभिन्नै तथ्यांका भने दिएको छैन । डिप्रेसन लगायत विदेशबाट श्रीमान आउँदा श्रीमती अर्कैसँग भाग्ने गरेका सिसिमका घटनाले हराउनेको संख्या बढेको जनाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.