कोपा अमेरिका क्वाटरफाइनल : कसले कोसँग र कहिले खेल्दैछ ? हेर्नुहाेस् !

असार १०, एजेन्सी । काेपा अमेरिका अन्तर्गत समुह चरणाका खेलहरू सकिएका छन । अब क्वाटरफाइनलका लागि खेल तालिकातयार भएकाे छ ।

क्वाटरफाइनलका लागि समुह ‘ए’ बाट विजेता ब्राजिल, उपविजेता भेनेजुएला र तेस्राे स्थानकाे पेरू क्वाटरफाइनलमा खेल्नेछन । त्यस्तै समुह ‘बी’ विजेता कोलोम्बिया, उप-विजेता अर्जेन्टिना र तेस्राेमा रहेकाे पाराग्वे क्वाटरफाइनलमा छन्।

समूह ‘सी’ को विजेता उरुग्वे र उप-विजेता चीली अगाडी बढेका छन । समूह ‘ए’ बाट ४ अंक जोडेको पेरु तेस्रो स्थानमा रहेकाे हाे भने ‘बी’ बाट २ अंक जोडेको पाराग्वे तेस्रो स्थानमा रहन सफल बन्याे । तर समूह ‘सी’ मा जापान २ अंक जोडेपनि गोल अन्तरमा पाराग्वेभन्दा पछाडी रहदाँ समुह चरणबाटै बाहिरीएकाे छ ।

क्वाटरफाइनलका खेलहरुः समय
१- क्वाटरफाइनल – ब्राजिल विरुद्ध पाराग्वे ।असार १३ गते शुक्रबार विहान ६ः१५ बाट
२-क्वाटरफाइनल – भेनेजुएला विरुद्ध अर्जेन्टिना । असार १४ गते शनिबार मध्यरात १२ः४५ बाट
३-क्वाटरफाइनल – कोलोम्बिया विरुद्ध चिली ।असार १४ गते शनिबार विहान ४ः४५ बाट
४-क्वाटरफाइनल — उरुग्वे विरुद्ध पेरु ।असार १५ गते आइतबार मध्यरात १२ः४५ बाट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.