नयाँ दिल्लीमा महिला पत्रकार माथि गोली प्रहार

असार ८, नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा आज (आइतबार ) महिला पत्रकार माथि गोली प्रहार भएको छ ।

महिला पत्रकार मिताली चंदोला माथि गोली प्रहार भएको हो । पत्रकार मितालीले हाँकी रहेको कारमा नकावधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा उनी सख्त घाइते भएकी छिन । नोयडा स्थित घरमा बस्ने पत्रकार मितालीको हातमा गोली लागेको छ । उनी खतरामुक्त रहेको धर्मशिला अस्पतालले जनाएको छ ।

सन २००८ मा सौम्या विश्वनाथलाई यस्तै तरिकाले कारमा गोली हाने पश्चात भएको महिला पत्रकारमाथीको पछिल्ला आक्रमण प्रहरीले गम्भीरतापूर्वक लिदैं अनुसन्धान बढाएको दिल्ली प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.