असार ८, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा शंखडोल डोजो हल निर्माण भएको छ ।
प्रदेश न. ३ को आर्थिक सहयोगमा निर्मित उक्त डोजो भवन क्षेत्र न. ३ का प्रतिनिधि सभा सांसद कृष्ण राई, प्रदेश सांसद रामेश्वर फुँयाल, सांसद छिरिङ दोर्जे लामा र नगर मेयर सन्तोष चालिसेले सयुक्त रुपमा उद्घाटन गरेका थिए । प्रदेश बजेट तथा उपभोक्त समितिको ८ लाख लगानीमा बनेको त्यस भवनमा खेलाडी उत्पादनमा थप सहयोग पुग्ने वक्ताहरुले दाबी गरेका छन् ।

शनिवार उद्घाटन कार्यक्रममा बोल्दै सांसद कृष्ण राईले खेल क्षेत्रको विकासले सामाजिक, आर्थिक पक्षमा सहयोग पुग्ने बताए । खेलले अनुशासनको पाठ सिकाउने र युवा वर्गलाई सामाजिक उत्तरदायित्वबोध गराउन मद्दत गर्ने पनि उल्लेख गरे । सांसद राईले खेलले समाज र राष्ट्रलाई नै पहिचान गराउने भएकाले व्यवसायिक खेललाई प्रोत्साहन दिन सरकारले लगानी गरेको बताए ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ९ स्थित उक्त डोजो हल भगवती युवा क्लवको संरक्षणमा रहनेछ । कार्यक्रममा प्रदेश सांसद रामेश्वर फुयाँल, छिरिङ दोर्जे लामा र नगर मेयर चालिसेले आफ्नो धारणा राख्दै डोजो हलले नगरभरिका युवा तथा खेलप्रमीहरुलाई सहज पुग्ने बताए ।

