रेशम चौधरीलाई लगाएको नेल फुकाल्न प्रधानमन्त्रीको निर्देशन

असार ७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका राजपाका निलम्बित सांसद रेशम चौधरीलाई अस्पतालमा भर्ना गर्दा लगाइएको नेल तत्काल फुकाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मी मार्फत् सम्बन्धित निकायलाई नेल फुकाउन निर्देशन दिएका हुन् । अस्पतालको बेडमै सांसद चौधरीलाई नेल लगाएर राखिएको तस्बिरसहितको समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले शनिबार घटनाबारे चासो राख्दै निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले नेल लगाउन निर्देशन दिने सम्बन्धित व्यक्तिलाई समेत कारबाही गर्न रेग्मीलाई भनेका छन्। ओलीले अस्पतालमा हुँदा नेल लगाउनु मानवीय नभएको र मानवअधिकार विरुद्ध भएको बताएका छन्। ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘पहिला कुनै व्यक्ति खराब आचरण हुँदा नेल लगाउने चलन थियो। तर अहिले त्यस्तो अवस्था छैन। चौधरीलाई नेल फुकाएर उपचार गराउनु।’

टीकापुर हत्याकाण्ड घटाएको अभियोगमा कैद भोगिरहेका राजपाका निर्वाचित सांसद चौधरीलाई मेरुदण्डमा समस्या आएपछि वीर अस्पताल भर्ना गरिएको थियो। अस्पतालको बेडमा उनको खुट्टामा १४ किलोको फलामको नेलले बाँधेर राखिएको समाचार बाहिरीएपछि सामाजिक सञ्जालमा त्यसको चर्को आलोचना भएको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.