काठमाडौं महानगरद्वारा ३ सय ५४ जेष्ठ नागरिक सम्मानित

असार ७, काठमाडौं । काठमाडौं महानागरपालिकाले ३ सय ५४ जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

महानगरपालिकाले वडा नम्बर ४ का ३ सय ५४ जना जेष्ठ नागरिकलाई शनिबार सम्मान गरेको हो ।  महानगर प्रमुख विद्यासुन्दर शाक्य, प्रदेश सांसद नारायण शिलवाल र सीता दाहालले उनीहरुलाई विशाल मिलन केन्द्रमा सम्मान गरेका हुन् । ८० बर्ष पुगेका पुरुष जेष्ठ नागरिक र ७५ बर्ष पुगेका महिला जेष्ठ नागरिकलाई जनहि १२ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । सम्मान कार्यक्रममा महानगर प्रमुख शाक्यले महानगरको बार्षिक कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकलाई सम्मान गरिएको बताए । ‘जेष्ठ नागरिक समाजको मेरुदण्ड हुन, उनले भने, ‘ज्ञानका भण्डारलाई सम्मान गर्नु हाम्रो दायित्व हो ।’

कार्यक्रममा नेकपा केन्द्रिय सदस्य समेत रहेका प्रदेश सांसद शिलवालले जेष्ठ नागरिकलाई एक दिन मात्र हैन सधैं सम्मान गर्नुपर्नेमा जोड दिए । ‘जेष्ठ नागरिक समाजको धरोहर हुन् त्यसैले उनीहरुको संरक्षण गर्न सबै लाग्नुपर्छ’ उनले भने ।

त्यस्तै प्रदेश सांसद सीता दाहालले जेष्ठ नागरिकलाई माया ममताको खाचो रहेको बताइन् । सोही वडाका वडाअध्यक्ष मोहन विष्टले वडाका जेष्ठ नागरिकको समस्या समधान गर्न पहल गर्ने बताए । कार्यक्रममामा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिनुका साथै फलफूल पनि वितरण गरिएको थियो । महानगरले बर्सेनि जेष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ । अन्य वडामा रहेका जेष्ठ नागरिकलाईं पनि महानगरले सम्मान गर्ने जनाएको छ । कार्यक्रमपछि महानगर प्रमुख साक्य सहतिको टोलीले विसाल मिलन केन्द्रमा निर्माणधीन प्याराफिट सहतिको पार्क, शंकपार्क र टुसाल पार्कको अवलोकन गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.