दैनिक १० लाखमाथिको कारोबार निगरानीमा

असार ०७, काठमाडौं । पुँजी बजारमा एक दिनमा १० लाख रुपैयाँभन्दा धेरै कारोबार गर्नेलाई सरकरले निगरानीम राख्ने भएको छ । धितोपत्र बोर्डले कार्यान्वयन ल्याएको सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन २०६७ मा यस्तो प्रावधान राखिएको छ ।

निर्देशिकामा कालो धन नियन्त्रण गर्न एक दिनमा एकपटक वा पटकपटक १० लाख रुपैयाँभन्दा बढीको कारोवार गर्ने ग्राहकको जानकारी ब्रोकर९सूचक० ले नेपाल राष्ट्र बैंकको वित्तीय एकाइमा जानकारी गराउनुपर्नेछ।

धितोपत्र तथा वस्तु बजारसम्बन्धी व्यवसाय तथा काम कारबाही र कारोबारलाई पारदर्शी बनाएर लगानीकर्ताको हित संरक्षण गर्न तथा उक्त व्यवसायमा संलग्न सबैलाई जिम्मेवार बनाउन ऐन जारी गरिएको बोर्डले जनाएको छ ।

सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीलाई दुरुत्साहन तथा नियन्त्रण गर्न सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ को दफा ७ प को उपदफा ९२० तथा तिोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८७ को उपदफा ९१० बमोजिम ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६’ तयार जारी गरेको छ। साउन १ गतेदेखि कार्यान्वयनमा आउने यो निर्देशनले साबिको निर्देशनलाई प्रतिस्थापन गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.