नेता तथा कार्यकर्ता रिहाईको माग गर्दै विप्लव समुहको शैक्षिक हड्ताल

असार ६, काठमाडौं । नेकपा विप्लव समुहले आफ्ना नेता तथा कार्यकर्ता रिहाइको माग गर्दै आज शैक्षिक हड्तालको आयोजना गरेको छ ।

कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, तनहुँ जिल्ला सचिव पुरन पुन तथा जिल्ला सदस्य दिपेन्द्र बुढालाई बिनाकारण पक्राउ गरिएको विषयमा उनीहरुको रिहाई माग गर्दै सो संगठनले शुक्रबार विद्यालय बन्द गराएको जनाएको हो । अनेरास्ववियु कास्की जिल्ला उपाध्यक्ष आस्था नेपालीद्वारा हस्ताक्षरित विज्ञप्तीमा कास्की जिल्लाका विद्यालय बन्दको आयोजना गरिएको उल्लेख भएपनि देशभरकै विद्यालय बन्द भएका छन् । राजनितीक विषयलाई शिक्षा क्षेत्रसँग तुलना गर्दै पटक पटक हुने गरेका यस किसिमका बन्दले लाखौं विद्यार्थीको भविष्य अन्योल हुने तर्फ भने सरोकारवालाहरु मौन रहेका छन् ।

यता संगठनले विद्यार्थी नेता कार्यकर्ताहरुको गैरन्यायिक गिरफ्तारीको विरोध भन्दै उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरसहित धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा १ दिने आम शैक्षिक हड्ताल गर्ने जनाएको छ । विद्यार्थी नेताहरु गिरफ्तार परेका जिल्लाहरुमा शुक्रबार एकदिने शैक्षिक हड्तालको आह्वान गरिएको अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरन्जीवी ढकालले जानकारी दिएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.