असार ०६, एजेन्सी । एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा साविक विजेता अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार बंगलादेशलाई ४८ रनले पराजित गरेपछि इंग्ल्यान्ड र न्युजिल्यान्डलाई पछि पार्दै अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको हो ।
अष्ट्रेलियाले दिएको ३८२ रनको विशाल लक्ष्य पछएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३३३ रन बनायो । बंगलादेशका लागि मुश्फिकर रहिमले शतकीय पारी खेले पनि हारबाट जाेगाउन सकेनन । ९७ बल खेलेका उलने ९ चौका र १ छक्काको प्रहार गर्दै १०२ रन बनाए ।
त्यस्तै तामिम इकबाल र महमदुल्लाहले अर्धशतकीय पारी खेले । उनले ५० बलमा ५ चौका र ३ छक्काको प्रहार गर्दै ६९, इकबालले ६ चौकाको प्रहार गर्दै ६२ रन बनाए ।
बंगलादेशका लागि साकिब अल हसनले ४१ रन, लिटन दासले २० रन, शब्बिर रहमान डक र मेहदी हसन मिराज समान ६।६ रनमा आउट भए । अष्ट्रेलियाका लागि नाथन कुल्टर नाइल,मिचेल स्टार्क,मार्कस स्टोइनिसले समान २।२ विकेट लिए भने एडम जम्पाले१ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३८१ रन पूरा गरेकाे थियाे । अष्ट्रेलियाका लागि डेभिड वार्नरले सार्वधिक १६६ रन जाेडे । उनले १४७ बलमा १४ चौका र ५ छक्का प्रहार गर्दै १६६ रन जाेडेकाे थिए ।
त्यस्तै उश्मान ख्वाजा र कप्तान एरोन फिंचले अर्धशतकीय पारी खेले । ७२ बल खेलेका ख्वाजाले १० चौकाको सहयोगमा ८९ रन बनाए । ५१ बल खेलेका एरोनले ५ चौका र २ छक्काको सहयोगमा ५३ रन बनाए । अष्ट्रेलियाका लागि ग्लेन म्याक्स्वेलले ३२ रनको योगदान गरे ।
बलिङतर्फ बंगलादेशका लागि सौम्य सरकारले सर्वाधिब क तीन विकेट लिए । त्यस्तै मुस्ताफिजुर रहमानले एक विकेट लिए ।
योसँगै अष्ट्रेलिया ६ खेलमा ५ मा जित र १ मा हारकासाथ शीर्ष स्थानमा उक्लिएको छ । ५ खेलमा ४ मा जित निकालेको न्युजिल्यान्ड ९ अंकका साथ दोस्रो स्थानमा छ । ५ खेलमा ४ मा जित र १ मा हार ब्योहोरेको घरेलु टोली इंग्ल्यान्ड तेस्रो स्थानमा छ । ४ खेलमा ३ मा जित निकालेको भारत चौथो स्थानमा रहेको छ ।

