सुनको मूल्य बढ्यो ✍️ प्रारम्भ खबर 📅 ५ असार २०७६, बिहीबार ०७:४३ 307 असार ०५, काठमाडौं । बिहीबार सुनको मूल्य एक हजारले बढेको छ । बुधबार तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजारमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ६३ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ७३० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।