नमुना कागती गाउँ : ‘डोकोमा होइन, ट्रकमा व्यापार गर्ने लक्ष्य राखौं’

असार ०५, फेदीखोला । निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक कृषि प्रणालीमा रुपान्तरण गर्ने अभियान लिएको स्याङ्जाको फेदीखोला गाउँपालिकाले वडा नं। २ खहरेलाई नमुना कागती गाउँको रुपमा विकास गर्ने भएको छ ।

गाउँपालिकाको युवा उद्यम कार्यक्रममा छानिएको जनजागृत युवा समुहले उक्त गाउँमा १२०० बढि कागती उत्पादन गर्ने लक्ष्य राखेको छ । स्थानीय बजार देखि देशैभर कागतीको माग बढ्दै गएको हुँदा आफूहरुले व्यावसायिक कागती खेती सुरु गरेको युवा समुहकी अध्यक्ष पार्वती अधिकारीले जानकारी दीन ।

२ वर्षभित्र आफूहरुले यस क्षेत्रलाई कागती पकेट क्षेत्र बनाउने उद्देश्य रहेको बताउँदै अध्यक्ष अधिकारीले गाउँपालिकाको सहयोगले झन हौसला प्रदान गरिएको थियो । गाउँपालिकाको युवा उद्यम कार्यक्रम अन्तरगत यस समुहले उद्यमका लागि बिनाव्याज ५ लाख रुपैयाँ ऋण पाएको छ । समुहका अनुसार गाउँपालिकाभित्र मात्र दैनिक १० केजीभन्दा बढीको माग रहेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सीता सुन्दासले अन्य स्थानीय निकायभन्दा फेदीखोला गाउँपालिकाले कृषिको क्षेत्रमा गरेको गतिविधि उल्लेखनीय रहेको बताइन । फेदीखोलाले जसरी नै अन्य गाउँपालिकाले कृषकलाई समेट्न र कृषिको आधुनिकिकरणका लागि नयाँ नयाँ परियोजना लागु गर्नुपर्ने उनकाे भनाइ थियाे ।

कार्यक्रममा बोल्दै फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले गाउँपालिकाका कृषकहरुले निर्वाहमुखी उत्पादनलाई बदल्दै व्यावसायिक बनेकोमा खुसी व्यक्त गरे । उनले कृषकलाई प्रोत्साहन गर्न गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने बताए । ‘आँफैलाई मात्र पुग्ने र बचेखुसेको उत्पादन मात्र बिक्री गर्ने मानसिकता परिवर्तन गर्नुहोस्,’ कृषकलाई प्रोत्साहन गर्दै अध्यक्ष सुवेदीले भने, ‘मेहनत गर्नुस, उत्पादन बढाउनुहोस ताकि तपाईको उत्पादनको बजारीकरण गर्न डाेकाे हाेइन मालबहाक ट्रकको व्यवस्था गर्नुपरोस ।’

कृषकका उत्पादनलाई बजारीकरण गर्न बजार र कृषकको करिडोर निर्माणार्थ गाउँपालिकाको विशेष सहभागिता रहने आश्वासन अध्यक्ष सुवेदीले दिए ।

गाउँपालिकाले यसअघि नै सुन जातको ५ हजार कागतीको बेर्ना र ३ हजार ५ सय कफीको बेर्ना वितरण गरिसकेको छ । कृषिलाई गाउँपालिकामा सबल बनाउने उद्देश्य अनुसार गाउँपालिकाले वडा नं। ४ अन्र्तगतको आरुखर्क गल्यामलाई नमुना असारे आलु खेतीको रुपमा विकास गरेको छ भने खहरे र भाटखोलालाई नमुना कफि गाउँको रुपमा विकास गर्ने अभियानमा रहेको छ, त्यसैगरि भाटखोलालाई माछापालन र फेदीखोला–२ तल्लो कुडुलेलाई बेमौसमी तरकारी खेतिको रुपमा अगाडि बढाइएको छ ।

अहिलेको आधुनिक पुस्ता जो देशमा कुनै रोजगारका अवसर देख्दैनन र बाहिरी देशलाई आफ्नो गन्तव्यको रुपमा योजना बुनिसकेका हुन्छन्, त्यसमा पनि अब्बल विषयका विद्यार्थीहरु जसले देशभित्र कुनै करियर नै देख्न सक्दैनन । तर अपवाद हुन्- जनजागृत युवा समुहकी अध्यक्ष पार्वती अधिकारी, जसले आफ्नो गाउँलाई कागतीको पकेट क्षेत्रको रुपमा विकास बस्ने उद्देश्यका साथ अगाडि बढेकी छिन । कृषि क्षेत्र भन्ने बित्तिकै हिच्किचाउने युवा पुस्ताको उदाहरण बनेकी छन अधिकारी ।

पोखराको राष्ट्रिय माध्यमिक विद्यालयमा विज्ञान संकायमा अध्यययनरत अधिकारी भन्छिन्, ‘परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिसँग जोडेर नेपालको कृषि प्रणालीलाई रुपान्तरण गर्ने उद्देश्य छ ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.