असार ०५, काठमाडौं । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत आजको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग खेलेको छ । इस्टेडियो गोभर्नेडोेरमा भएको खेलमा अर्जे्न्टिनाले पाराग्वेसँग १–१ गोलको बराबरी खेलेको हो ।
पहिलो हाफमा १–० ले पछि परेको अर्जे्न्टिनाले दोस्रो हाफमा एक गोल फर्कायो । खेलको ३७ औँ मिनेटमा रिचर्ड सान्चेले गोल गर्दै पाराग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । यता खेलको ५७ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जे्न्टिनालाई बराबरीमा ल्याए । पहिलो हाफमा निकै कमजोर देखिएको अर्जे्न्टिनाले दोस्रो हाफमा भने केहि सुधारिएको प्रदर्शन गरेको थियो । बराबरीसँगै अर्जे्न्टिनाको अघिल्लो चरण प्रवेश सम्भावना न्युन भएको छ ।
अर्जेन्टिनाले दुई खेलबाट १ अंक जोडेको छ । यता दुईखेल बराबरी खेलेको पाराग्वेले २ अंक जोडेको छ । अब अर्जे्न्टिनाले अघिल्लो चरण प्रवेश गर्न अफ्नो जितसँगै अन्य टोलीको नतिजालाई कुर्नु पर्नेछ ।

