आज मेघगर्जन सहित वर्षा हुने

असार ०५, काठमाडौं । आज (बिहीबार) दिउँसो देशका पूर्वी तगा तथा मध्य क्षेत्रमा सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले जनाए अनुसार पूर्व तथा मध्य क्षेत्रका केहि र पश्चिमी क्षेत्रका केही स्थानहरुमा मेघगर्जन सहित वर्षा हुनेछ । त्यस्तैगरी आज रातिको सयममा देशभर आंशिकदेखि सामान्य बदली भई केहि स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै गरी भोलि शुक्रबार पनि दिउँसो तथा साँझ देशभर आंशिक देखि सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.