यी हुन् खाली पेटमा खान नहुने कुरा

असार ०५, सोडा ः सोडामा कार्बोनेट एसिडको मात्रा धेरै हुन्छ। यदि खाली पेटमा सोडा खाने हो भने तमतम लाग्ने तथा असहज महसुस हुन सक्छ।

गोलभेँडाः गोभेडामा एसिडको मात्रा हुन्छ। खाली पेटमा अघुलनशील पदार्थ पैदा गर्छ । खाली पेटमा गोलभेँडा खानु पेटमा पत्थर बन्ने कारणा बन्न सक्छ।

औषधि ः औषधि दिदा नै चिकित्सकले भनेको हुन्छन खाली पेटमा सेवन नगनुहोला । हो खाली पेटमा जुनसुकै एलोपेथिक औषधि पनि सेवन गर्दा पेटमा एसिड निस्किएर शरीरमा असन्तुलन पैद हुन्छ।

रक्सी ः खाली पेटमा मदिराजन्य पदार्थ भुलेर पनि सेवन नगर्नुहोस। यसले पेटमा जलन पैदा गर्नुका साथै सही तरिकाले खाना नपच्ने समस्या निम्त्याउँछ।

चटपटे भोजन ः कहिलेकाहि खाली पेटमै चटपटे भोजन खाने गरिन्छ। तर सो स्वास्थ्यका लागि हानिकारक हुन्छ।

चिया-कफी ः खाली पेटमा चिया-कफी पिउनु सबैभन्दा घातक हुन्छ। कफीमा पाइने, कैफिनले स्वास्थ्य बेहाल पारिदिन सक्छ। चियामा हुने अधिक एसिडले पनि खालि पेटमा समस्या पैदा गरिदिन्छ।

दही ः दही स्वास्थ्यवद्धक चिज हो, तर खाली पेटमा खानु निकै घातक हुन्छ। खाली पेटमा खाएको दहीले शरीरमा घातक केमिकललाई निम्त्याउँछ।

केरा ः खाली पेटमा केरा खानाले शरीरमा म्याग्नेसियमको मात्रा अत्याधिक बढन जान्छ। जसकारण शरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रामा असन्तुलन पैद हुन्छ। त्यसैले खाली पेटमा केरा नखानु नै बेस हुन्छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.