केन्द्रीय समन्वय समितिका सम्पूर्ण महिला नेकपामा प्रवेश

असार ०५, काठमाडौं । सामाजिक अभियान्ताका रुपमा गाउँगाउँमा कार्यरत रहँदै आएका सामाजिक परिचालिका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन ।

बुधवार खुमलटारमा आयोजित एक कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न पार्टीमा आबद्ध भएका सामाजिक परिचालिकालाई पार्टी प्रवेश गराएका हुन । सामाजिक परिचालिका केन्द्रीय समन्वय समितिका सम्पूर्ण महिलाहरु नेकपा प्रवेश गरेका छन ।

नेकपा प्रवेश गर्नेमा प्रदेश नं २ को काङ्ग्रेस सक्रिय सदस्य गीता पोखरेल, प्रदेश २ कै राजपा नगर सदस्य इन्दुकुमारी साह, नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय परिषद सदस्य कविता थापा सोडारी, नेपाली काँग्रेसको दाङको परिचालिका अध्यक्ष विजयालक्ष्मी रेग्मीलगायत रहेकाे छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.