असार ४, काठमाडौं । थाईल्याण्डको पतया सहरमा भएको छैटौं एशियन यू–२० जुनियर कुराश च्याम्पियनसीपमा नेपालले कास्य पदक प्राप्त गरेको छ ।
महिला ५७ केजी तौल समूहमा कृति शर्माले नेपालका लागि कास्य दिलाएकी हुन् । ८ राष्ट्रको प्रतिस्पर्धा रहेको ५७ केजी तौलको सेमिफाइनलमा शर्मा कुराश खेलका लागि निकै नै राम्रो मानिने उज्वेकिस्तानकी खेलाडी मामासाहेवा ईरोदासँग पराजित भएकी संघकी महासचिव प्रतिक्षा खरेलले जानकारी गराइन् । प्रतियोगितामा सहभागी हुन शर्मासहित विपल तुलाधर र शेरबहादुर घर्ती पनि थाईल्याण्डमा छन् । बाँकी खेलाडीहरुको प्रतिस्पर्धा बिहिबार हुनेछ ।

