अफिमसहित पाँच जना पक्राउ

असार ४, राँझा । नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीबाट १८ किलो ५०० ग्राम अफिमसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । आज बिहान ९ बजे पुरैनीस्थित बाबाकुटीमा लागुऔषधको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको सुरक्षाकर्मीले लागऔषधसहित कारोवारमा संलग्नलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले लागुऔषध अफिम पक्राउ गरेको पुष्टि गर्नुभयो । आज साँझ ५ बजे पत्रकार सम्मेलनमार्फत अभियुक्तहरुलाई सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।  पक्राउ पर्नेमा भेरी नगरपालिका–९, खलङ्गा, जाजरकोटका २५ वर्षीय राजेन्द्र विश्वकर्मा, पुथा गाउँपालिका–२ पूर्वी रुकुमका ५९ वर्षीया शर्मिला मगर, नलगाढ गाउँपालिका–९ जाजरकोटका २५ वर्षीय वीरबहादुर नेपाली, सोही ठाउँका ५० वर्षीय पृथ्वीबहादुर विश्वकर्मा र पञ्चपुरी नगरपालिका–९, खुर्सानीबारी, सुर्खेतका ५९ वर्षीय अम्मरबहादुर दराई रहेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीबाट १८ किलो ५०० ग्राम अफिमसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । आज बिहान ९ बजे पुरैनीस्थित बाबाकुटीमा लागुऔषधको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको सुरक्षाकर्मीले लागऔषधसहित कारोवारमा संलग्नलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले लागुऔषध अफिम पक्राउ गरेको पुष्टि गर्नुभयो । आज साँझ ५ बजे पत्रकार सम्मेलनमार्फत अभियुक्तहरुलाई सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा भेरी नगरपालिका–९, खलङ्गा, जाजरकोटका २५ वर्षीय राजेन्द्र विश्वकर्मा, पुथा गाउँपालिका–२ पूर्वी रुकुमका ५९ वर्षीया शर्मिला मगर, नलगाढ गाउँपालिका–९ जाजरकोटका २५ वर्षीय वीरबहादुर नेपाली, सोही ठाउँका ५० वर्षीय पृथ्वीबहादुर विश्वकर्मा र पञ्चपुरी नगरपालिका–९, खुर्सानीबारी, सुर्खेतका ५९ वर्षीय अम्मरबहादुर दराई रहेका छन् । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.