टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

असार ०४, उदयपुर । उदयपुरको लाटीखोलामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

चौदण्डीगढी नगरपालिका ७ लाटीखोलामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार निर्माणधिन मदनभण्डारी लोकमार्ग खण्डमा पर्ने लाटी खोलामा बुधबार भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका ७ का ४६ वर्षे खगेन्द्र र ४५ वर्षे जीवन साम्पाङको मृत्यु रहेका छन । बेल्टारबजार जाँदै गरेको बा २ क ७०९ नम्वरको टिपरले स ४ प ३६१ नम्बरको मोटसाईकललाई ठक्कर दिएको थियो।

एकै दिशातिर गईरहेको टिपरले अत्याधिक रुपमा सडक चाप्दै मोटरसाईकललाई ओभरटेक गर्न खोज्दा मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.