७ सय विद्यलायको पठनपाठन बन्द

असार ०४, सर्लाही । विद्यालयमा पठनपाठन बन्द गरिएको छ। आइतबार लालबन्दी नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक एवं संस्थागत विद्यलायको पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो।

लगत्तै सोमबारबाट जिल्लाका अधिकतर स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय लिए। मंगलबारसम्म आइपुग्दा जिल्लाका ११ नगरपालिका एवं नौ गाउँपालिका गरी २० वटै स्थानीय तहले विद्यालय बन्द गर्ने सूचना जारी गरेका छ ।

जसअनुसार चार सय ६३ वटा सामुदायिक तथा २ सय ५० भन्दा बढी संस्थागत विद्यालयमा पठनपाठन बन्द भएको हो। अत्याधिक गर्मीले विलयमै विद्यार्थी बिरामी पर्न थालेको र आधासरो विद्यार्थी अनुपस्थित हुन थालेपछि ननगरभित्रका सबै विद्यलाय बन्द गरिएको लालबन्दी नगरपालिकाकका शिक्षा शाखाका संयोजनक वासुदेव तिमल्सिनाले जानकारी दिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.