असार ०३, काठमाडौं । सरकारले गुठी विधेयक स्थगित गर्ने तयारी गरेको छ । राष्ट्रियसभामा दर्ता भएका गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको चौतर्फी विरोध भएपछि विधेयक स्थगित गर्ने तयारी गरिएको हो ।
भूमि सहकारी तथा गरिबी निवारणमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको छ । सोही पत्रकार सम्मेलनमार्फत मन्त्री पद्मा अर्यालले यससम्बन्धी थप विवरण सार्वजनिक गर्ने तयारी भएको बुझिएको छ ।
विधेयक खारेजीको माग गर्दै आएका गुठीयारले सनातनदेखि चल्दै आएको धर्म, संस्कृतिमाथि प्रस्तावित विधेयकले हस्तक्षेप गरेको ठहर गरेका छन

