लुगा काट्ने कैंची प्रहार गरी श्रीमतीको हत्या

असार ०३, काठमाडौं । दिपायलको सिलगढीमा घरायसी झगडा हुँदा श्रीमतीलाई कैंची प्रहार गरी हत्या गरेका छन । सिलगढी नगरपालिका ३ का कृष्ण नेपालीले कैंची प्रहार गरी श्रीमतीको हत्या गरेका हुन्।

इलाका प्रहरी कार्यालय दिपायलका अनुसार नेपालीले ४० वर्षीया मीना नेपालीलाई लुगा काट्ने कैंची प्रहार गरी हत्या गरेका हुन्। सोमबार राति घरायसी झगडा हुँदा कृष्णले श्रीमती मीनाको घाँटी र ढाडमा लुगा काट्ने कैंची प्रहार गरी हत्या गरेका हुन्।

हत्या गर्ने कृष्ण नेपालीलाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.