पौडी खेल्ने क्रममा डुबेर ३ युवाको मृत्यु

असार ०३, बुटवल । गर्मी छल्न पौडी खेल्न गएका ३ जना युको डुबेर मृत्यु भएको छ ।

कपिलवस्तुको शिवनगरमा रहेको सुरई खोलामा पौडी खेल्नेक्रममा डुबेर ३ युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा कपिलबस्तुको विजयनगर गाउँपालिका वडा ६ का १८ बर्षका आशिक भट्टराई, सोही स्थानका १७ बर्षिय निरन्जन भुषाल र १७ बर्षीय सुमित सुनार रहेका छन ।

जिल्लाको पश्चिमी क्षेत्रको शिवराज नगरपालिकाको सुरई खेलामा पौडी खेल्न गएका छिमेकी बिजयनगर गाउँपालिका वडा नम्वर ६ का ३ युवाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.