‘स्मार्ट छोरी’ कार्यक्रम, अब जन्मिने छाेरीलाई वार्षिक भत्ता दिइने

असार ०३, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले आउँदाे आर्थिक वर्षदेखि जन्मिने छाेरीलाई वार्षिक भत्ता दिने भएकाे छ । ‘स्मार्ट छोरी, बिहेवारी बीस वर्ष पारि’ कार्यक्रम सार्वजनिक गरेकाे नगरपालिकाले आर्थिक वर्ष २०७६।७७ सुरु भएपछि जन्मिने छाेरीहरुलाई मासिक रु १०० का दरले वर्षमा एकमुष्ट १ हजार २०० भत्ता दिने भएकाे हाे ।

‘स्मार्ट छोरी’ कार्यक्रम अन्तर्गत प्रत्येक छोरीलाई जन्मेदेखि मासिक रु १०० का दरले वार्षिकरूपमा एकमुष्ट रु १ हजार २०० उपलब्ध गराउने नगरप्रमुख घनश्याम पाण्डेले बताए । उनका अनुसार उनीहरुलाई दीएको पैसा बैंक खातामा जम्मा हुने व्यवस्था मिलाउने र छाेरीहरु २० वर्ष पुगेपछि मात्र एकमुष्टरूपमा झिक्न मिल्ने व्यवस्था गरिनेछ ।

यदि कसैले २० वर्ष नपुग्दै अगाडि विवाह गरे भने सो रकम उपमहानगरपालिकाको कोषमा फिर्ता हुने उपमहानगरपालिकाको नीति रहेको छ । सो कार्यक्रमले बालविवाह न्यूनीकरण गर्ने र छोरीलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने प्रमुख पाण्डेकाे भनाइ छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.