असार ०३, एजेन्सी । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा एक अस्पतालभित्र गोली प्रहारमा परी पाँच व्यक्तिको मृत्यु भएको छ ।पञ्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको एक अस्पतालमा दुई समूहबीच झडप हुँदा गोली चलेको हो ।
सोमबार अबेर राती जिल्ला प्रमुखकार्यालयहरुको अस्पतालमा दुई समूहबीच भएको विबाद चुलिएपछि गोली प्रहार भएको थियो । सो क्रममा चार जनाको घटना स्थलमै र एकको उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि मृतकको सङ्ख्या पाँच पुगेको बताइएको छ ।
घाइतेहरुमा थप तीन जनाको अवस्था अझै पनि गम्भीर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

