समता अस्पताल भित्र झुन्डिएको अवस्थामा बिमला तामाङ

असार ०३, काठमाडौ । काठमाडौको बौद्ध स्थित समता अस्पताल भित्र एकजना महिला झुन्डिएको अवस्थामा मृतक फेलापरेको छ ।

मंगलवार बिहान अस्पताल भित्र झुन्डिएको अवस्थामा फेला परेको मृतक बिमला तामाङ पाख्रिन रामेछाप दोरम्बाको रहेको छ । समता हस्पिटलकै कर्मचारी रहेको मृतकको आफन्तजनका अनुसार हिजो ८ः०० सम्म घर नआएपछि खोज्न अस्पताल आउदा अस्पताल नआएको भन्ने जानकारी तर सिसिटिभीमा देखिएको बाहिर निस्केको नदेखिएको र सबै कोठा हेरेको दुई वटा कोठामा ताल्चा लगाएको थियो र उक्त कोठा खोल्न नमानेको आफ्नतहरुको भनाइ छ ।

राति १० बजेतिर पुलिसलाई जानकारी दिएको र विहान ८ बजे बन्द कोठा खोलेर हेर्दा झुन्डिएको अवस्थामा फेलापरेको थियो । घटना स्थल परिसरको प्रकृति हेर्दा बलात्कारको आशंक गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.