सुरक्षाकर्मीको घेराभित्र सेवा दिँदै डडेल्धुराका डाक्टरहरु

असार २, डडेल्धुरा । डडेल्धुरा अस्पतालका डाक्टरहरुले सुरक्षाकर्मीको घेराभित्र रहेर उपचार सेवा सुरु गरेका छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्र कँडेलले चिकित्सकमा त्रास कायमै रहेकाले बाहिर गोलघरमा सामूहिक ओपिडी सेवा दिन सुरु गरेको बताए।

असुरक्षा भएको भन्दै सामूहिक राजीनामा दिने हदसम्म पुगेका चिकित्सकहरुले आजबाट सेवा सुचारु गरेका हुन्। अमरगढी नगरपालिका–६ धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको सुत्केरी भएको १४ दिनमा रक्तश्राव नरोकिएपछि डडेल्धुरा अस्पताल ल्याइएको थियो।उपचारका क्रममा उनको मृत्यु भएको थियो । उनको मृत्युपछि आफन्त आन्दोलनमा उत्रिएका थिए।

चिकित्सकले उपचारमा लापरबाही गर्दा सुत्केरीको मृत्यु भएको आरोप लगाउँदै पीडित पक्षले अस्पताल तोडफोडसमेत गरेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.