पर्यटकको संख्या बृद्धि, एकै दिन सिमिकोट विमानस्थलमा ४ सय ३७ पर्यटक पुगे

असार १, हुम्ला। कैलाश मानसरोवर दर्शनका लागि सिमिकोटको बाटो हुँदैे पर्यटक हिड्न थालेपछि हुम्लामा पर्यटकको संख्या बृद्धि भएको छ ।

दर्शन गर्न जाने सिजनसुरु भएको एक महिना भएको छ । सिमिकोट विमानस्थलमा एकै दिन शनिबार मात्रै चार सय ३७ पर्यटक पुगेका छन । यो संख्या अहिले सम्मकै बढि हो । शनिबार बिहान देखि दिउँसो साढे एक बजेसम्म नेपालगंज, सुर्खेतबाट सिता, तारा र सुमिटले ३० उडान गरेका थिए जसमा ४ सय ३६ भारतीय धार्मिक पर्यटक र केही नेपाली आएका थिए ।

बिदेशि पर्यटक पहिलो चोटी यसरी एकै दिन यतिका संख्यामा आएको विमानस्थल सुरक्षा प्रमुख सुदिरकुमार खड्काले बताए । यो सहित सिमकोटको बाटो भएर कैलाश मानसरोवर दर्शन गर्न जाने पर्यटकको संख्या तीन हजार नौ सय ८३ जना पुगेका छन ।

यस अघि एक दिनमा तीन सयसम्म पर्यटक मात्रै भित्रिएका थिए । सिमकोटबाट हिल्सामा पनि अहिलेसम्मकै सबै भन्दा बढी हेलिकप्टरले ७७ उडान भरेका छन ।

गत जेठ ३ गतेदेखि मानसरोवर कैलाश जाने यात्रु भित्रिन सुरु भएको थियो । पर्यटकहरु बोक्नका लागि अहिले सिम्रीकको एक, मनाङ्गको एक, माउण्टेनको एक र सुमिट एयरका दुई हेलिकप्टर गरी जम्मा ५ वटा हेलिकप्टरले सिमकोट विमानस्थलमा रहेका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.