कक्षा १ मा नयाँ पाठ्यक्रम

असार ०१, काठमाडौं । कक्षा १ मा नयाँ पाठ्यक्रम विकास केन्द्रले मुलुकभरका १०३ सामुदायिक विद्यालयमा कक्षा १ को नयाँ पाठ्यक्रम परीक्षण थालेको छ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदले स्वीकृत गरेको विद्यालय तह १–१२ को राष्ट्रिय पाठ्यक्रम प्रारूपअनुसार १८ जिल्लाका विद्यालयमा परीक्षण थालेको हो।

चालू शैक्षिक सत्रमा परीक्षण गरेर आगामी वर्षदेखि देशभरका विद्यालयमा लागु गरिने केन्द्रका महानिर्देशक लेखनाथ पौडेलले जानकारी दिए। हाल २०६३ सालमा परिमार्जित पाठ्यक्रमका आधारमा विद्यालयहरूमा पठनपाठन हुँदै आएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.