आगलागी हुँदा ३ घर-गोठ जलेर नष्ट

असार ०१, ल्यान । जिल्लाको छत्रेश्वरी गाउँपालीका– ५ लेखपोखरामा सामुदायिक वनबाट लागेको आगलागीका कारण ३ घर जलेर नष्ट भएका छन ।

शनिवार दिउँसो ११ बजेतिर स्वर्गद्धारी सामुदायिक वन र शिद्धपोखरी सामुदायिक वनमा भएको आगलागी बस्ती छिरेपछि स्थानीयका ३ घर गोठ जलेर नष्ट भएका हुन । छत्रेश्वरी गाउँपालीका वडा नमबर ५ का वडा अध्यक्ष लिलाधर घर्तीका अनुसार स्थानीय युद्धबहादुर पुनको घर, तीलक नेपालीको घर र नन्दराम खत्रीको गोठ जलेर नष्ट भएको हो ।

उहाँका अनुसार आगलागीबाट घर भित्रका सम्पुर्ण सामान पुर्णरुपमा नष्ट भएका छन ।आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.