प्रधानमन्त्री ‘रोजगार’ : गाईगोरु लखेट्ने र झार उखेल्ने काममा लाएर तलब बाँडिदै

जेठ ३२, दाङ । बेरोजगारलाई लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन दिएका धेरैलाई कामकै समस्या भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा करोडौं रकम आएपछि स्थानीय तहलाई हतारमा बजेट सक्नुपर्ने बाध्यता छ । रोजगारका लागि फारम भरेकालाई काम लगाएर मात्रै रकम दिनुपर्ने भएकाले तत्काल उपलब्धिमूलक काम दिन कठिन भएको हो ।

अधिकांश पालिकाले बजार सरसफाई गर्ने, बजारका झार उखेल्ने, बगैंचाका फूल गोडमेल गर्ने, बजारका छाडा गाईगोरु नियन्त्रण गर्ने, सडकमा ढुंगा, गिट्टी हाल्ने जस्ता काम दिएका छन्। छोटो समयमा विकास निर्माणका काममा लगाउन समस्या भएपछि तत्काल केही न केही काममा व्यस्त बनाउनुपर्ने बाध्यता स्थानीय तहलाई भएको हो। छोटो समयमा करोडौं बजेट खर्च गर्नुपर्ने भएकाले उक्त रकमको सदुपयोग हुनेमा धेरैलाई आशंका छ।

संघीय सरकारले घोराही उपमहानगरपालिकामा एक महिनाका लागि एक करोड बजेट पठाएको छ। उक्त बजेटबाट ७० लाख कामदारको ज्याला, २५ लाख औजार खरिद, ४ लाख आयोजना सुपरभाईजर तथा व्यवस्थापन र एक लाख कन्टेन्जेन्सीमा खर्च गर्ने गरी बजेट बाँडफाँड भएको नगर प्रमुख नरुलाल चौधरीले बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.