दैनिक उपभोग्य सामग्रीमा चार प्रतिशतले बढ्यो बजारभाउ, के के मा बढ्यो भाउ ?

जेठ ३२, काठमाडौं । एक महिना अवधिमै खाद्यान्नको भाउ चार प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तयार पारेको मूल्य विश्लेषणअनुसार वैशाखयता दैनिक उपभोज्ञ सामग्रीमा औसतमा  ४.२ प्रतिशत बढेको हो।

‘बजार मूल्य विश्लेषण गर्दा उपभोज्ञ वस्तुको मूल्य बढेको देखिएपछि नियन्त्रण गर्न गोदाम र ठूला आयातकर्तामा अनुगमन सुरु गरेका छौँ’, विभागका महानिर्देशक योगेन्द्र गौचनले भने । सरकारले जेठ १५ गते बजेट भाषण गरेपश्चात व्यवसायीले आफूखुशी मूल्यवृद्धि गर्दै आएका छन । ढुवानी सेवामा पनि १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएपछि व्यापारीले मूल्य बढाउन बहाना पाएका छन्। आटा, मैदा मस्यौरालगायतमा पनि भ्याट लगाइएको छ। केही वस्तुको मूल्य बजेटअघि नै बढेको महानिर्देशक गौचनको दाबी छ।

विभागले तयार पारेको मूल्य विश्लेषण प्रतिवेदनअनुसार स्टिम जिरा चामलमा ती प्रतिशतले भाउ बढेको छ। बासमती चामलमा १.६ प्रतिशत र आटामा १० प्रतिशत मूल्य बढेको छ। मसिनो मुसुरोमा २० प्रतिशत बढेको छ। मासको दाल एक महिनामा ९.५  प्रतिशतले बढेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.