जेठ ३२, पोखरा । कास्की प्रहरीले शुक्रबार ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। प्रहरीले पोखरा महानगरपालिका–१० रामघाटको एक घरबाट डाईजापाम, फेनरागन र नुर्फिन गरी १ हजार ४६४ एम्पुल, फेन्सिडिल तीन बोरा (३३८ बोतल) र नाइट्रोसन चक्की १०० थान बरामद गरेको हो।
रामघाटको उक्त घर लागुऔषध कारोबारीले गोदामको रुपमा प्रयोग गर्ने गरेको सूचना पाएपछि उक्त घरलाई घेरा हाली १८ वर्षका डेबिट तामाङ र करिब १३ लाख मूल्य बराबरको लागुऔषध बरामद गरेको एसपी कार्कीले जानकारी बताए। पक्राउ परेको तामाङ सिन्धुपाल्चोक शंखमुलका हुन्।
प्रहरी नायब निरीक्षक सन्तोष सुवेदीको कमाण्डमा खटिएको टोलीले तीन बोरा फेन्सिडिलसहित ठूलो मात्रामा डाइजापाम र नर्फिन फेला पारेको हो।

