जेठ ३१, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गरेको छ । कार्यक्रमको शुभारम्भ गर्दै स्थानीय स्तरमा रहेका बेरोजगार युवाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी प्रदान गरेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १२१ जनाले एक महिनाको अवधिसम्म काम गर्न पाउनेछन । प्रत्येक कामदारको दैनिक ५१७ रुपैयाँ ज्याला रहेको रहेको गाउँपालिका प्रशासकिय अधिकृत ऋषिराम अर्जेलले बताउनुभयो ।
युवाहरुले रिब्दीकोट गाउँपालिकाको जलेश्वर मन्दिर परिषर, पालुङ्ग मैनादी, ठिमुरे क्षेत्रमा रही काम गर्ने छन । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सो क्षेत्रमा वृक्षारोपण, गह्रा सुधार, बाटो निर्माण, वनस्पति नर्सरीको निर्माण, भू– क्षय नियन्त्रण, जलाशय क्षेत्रको संरक्षण लगायतका काममा स्थानीय स्तरका श्रमिकहरु शनिबारदेखि नै खटेका हुन ।
यो कार्यक्रमले मुलुकको आवश्यकतामा रोजगारी सिर्जना गर्दै विगतमा वैदेशिक रोजगारका नाममा वाहिरिदै आएका नेपाली श्रमिकलाई स्वदेशमै रोजगार दिने काम सरकारले गरेको र राष्ट्रबाट ठूलो मात्रामा विदेशिने रकमलाई रोक्न समेत यसकार्यक्रमले सहयोग पु¥याउने, साथै आएको बजेटको २५ प्रतिशत रकमको आवश्यक साम्रग्री खरिद गरिने र बाँकी रमक ज्याला स्वरुप श्रमिकहरुलाई प्रदान गरिने गाँउपालिकाका अध्यक्ष नारायण बहादुर जि।सि।ले बताउँनुभयो ।
बेरोजगार युवाहरुका लागि गत वर्षको साउन महिनादेखि आबेदन परेका सब बेरोजगारलाई रोजगारी प्रदान गरेको छ । तर बेरोजगार युवाहरुले श्रम गर्न लजाउन नहुने भन्दै ६३ जनाको लागि विनियोजित भई आएको बजेट भएपनि यसलाई गाउँपालिकास्तरबाट थप रोजगार दिने उदेश्यले बजेट थप गरी १२१ जनालाई रोजगारी दिएको प्रमुख प्रशासकिय अधिकृत ऋषीराम अर्जेलको भनाइ छ ।
काममा खटिएका स्थानीयका अनुसार सरकारले यो कार्यक्रमको एक महिने रोजगारी भन्दा दीर्घकालीन योजना जनाएर निरन्तर गाउमै रोजगारी दिन सके राम्रो हुने बताउनुहुन्छ । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ६३ जनालाई बजेट आएपनि गाउँपालिकाले १२१ जनालाई रोजगार प्रदान गरेको छ ।
गाउँमा नै रोजगार पाएपछि स्थानीय स्तरमा बेरोजगार रही बसेकाहरु खुसी बनेका छन । पहिलो चरणमा रिब्दीकोट गाउँपालिकाका ५, ६ र ७ नम्बरका बेरोजगार युवाहरुले रोजगार पाउन सफल भएका छन्, भने यस कार्यक्रमलाई क्रमश सबै वडामा पु–याउने गाँउपालिकाको लक्ष्य रहेको छ ।

