रारा-छायानाथ हेलिकप्टर प्याकेज असार पहिलाे साताबाट शुरु

जेठ ३१, रारा । रारा आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परे पनि रारा पुग्ने पर्यटकलाई थप घुम्ने र मनोरञ्जन दिन नसकिएको अवस्थामा असार पहिलो साताबाट रारादेखि छायानाथ धाम पुग्नका लागि रारा-छाँयानाथ हेलिकप्टर प्याकेज शुरु हुने भएको छ ।

हिन्दुहरुका चारधाममध्येको छाँया क्षेत्रधाम हेकिकप्टरमार्फत पुग्नका लागि भिजिट कर्णाली टुर एण्ड ट्राभल्सले रारा-छाँयानाथ हेलिकप्टर प्याकेज ल्याउन लागेको हो ।

रारा पुग्ने पर्यटकले राराको पानी र वन-जंगल मात्र हेर्ने र थप मनोरञ्जन तथा घुम्ने स्थान पहिचान गर्न नसक्दा पर्यटकको रारा बसाइँ छोटो हुने भएकाले पनि राराबाट स्थानीयले लाभ लिन नसकेको सरोकारवाला निकायले बताएका छन ।

राराबाट धार्मिक स्थल छायानाथ देखिने भए पनि हिँडेर जान चार-पाँच दिन लाग्ने भएकाले रारा पुगेर छायानाथ जान चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि असार दोस्रो साताबाट हेलिकप्टर प्याकेज सुरु गरिने ट्राभलस्का संचालक राजु कार्कीले जानकारी दिए । उनका अनुसार नेपाल भ्रमण वर्ष- २०२० लाई लक्षित गरी याे सेवा सुरु गर्न लागिएकाे हाे ।

हिन्दु धर्मको पवित्र पुराण श्री स्वस्थानी ग्रथको स्कन्धका अनुसार महादेवले शतिदेवीको शव बोकेर घुम्दै जाने क्रममा अन्तिम अंग पतन भएको र विश्वका चारवटा मुख्य धाममध्ये जेठो धाम मानिएकाले पनि यसको विशेष महत्व रहेको छ । रारा-छायानाथ हेलिकप्टर यात्रामा ३० मिनेटमै छाँयानाथको दर्शन गरी हिमश्रृंखलाको अवलाेकन गन पाईनेछ । यो प्याकेजका लागि प्रतिब्यक्ति शुल्क रु ३५ हजार लाग्ने कार्कीले बताए ।

शुक्रबार बिहान सञ्चारकर्मीसंगको अन्तरक्रियामा संयोजक कार्कीले असार दोस्रो सातादेखि रारादेखि छायानाथ-माथिल्लो मुगु हुँदै पुनः रारा फर्किने गरी हेलिकप्टरको प्याकेज यात्रा सुरु गरिने कार्कीले बताए ।

भारतीय पर्यटकलाई कैलाश मानसरोवर जान सबै भन्दा छोटो नाका गमगढीदेखि मुगु गाउँ हुँदै नाक्चे लाग्नालाई विशेष प्राथामिकता दिई सरकारको ध्यान केन्द्रित गराइने कार्कीले बताए । यो नाकाबाट कैलाश मानसरोवर १ सय ५० किलो मिटर मात्र दुरी रहेको उनले बताए ।

रारा, छायानाथ, माथिल्लो मुगु लगायतका पर्यटकीय क्षेत्रमा पर्यटक बढाउनका लागि पोखरा-रारा सीधा हवाई उडान गर्न पहल गरिने समेत कार्कीको भनाई छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.